क्यानडेली लिगमा सन्दीपको खराब प्रदर्शन

असार १८-इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट तीन खेलमा ५ विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछानेले क्यानडेली लिग ग्लोबल टी–ट्वेन्टीमा निराशाजनक प्रदर्शन गरेका छन् ।

मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा अनुबन्धित भएका सन्दीपले प्राविधिक कारणले विनिपेग हक्ससँगको पहिलो खेल गुमाएका थिए । तर शनिबार भएको वेष्ट इन्डिज बीसँगको खेलमा भने उनी महंगा बलर सावित भएका छन् ।

वेष्ट इन्डिजसँगको खेलमा पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले २१ रन खर्चिए । त्यस्तै उनले दशौँ ओभरमा १० रन खर्चिए । तर १३ औँ ओभरमा उनलाई वेष्ट इन्डिज बीका ब्याट्सम्यान बीए किङले निराश बनाए । बीए किङले सन्दीपको बलमा २ छक्का र ३ चौकाको सहयोगमा एकै ओभरमा २५ रन बनाए । ३ ओभरमा मात्रैै ५६ रन दिएका सन्दीप आफ्नो अन्तिम ओभरमा भने निकै सुधारिएको प्रदर्शन गरे । उनले अन्तिम ओभरमा एक विकेट लिँदै एक रन मात्र दिएका थिए । जम्मा ४ ओभर बलिङ गरेका सन्दीपले एक विकेट लिएर ५७ रन खर्चिए ।

सन्दीप लामिछानेको टिममा विश्वप्रसिद्ध क्रिकेटर सुनिल नाराइन तथा लासिथ मालिङ्गा समेत रहेका छन् । सुनिलले भने किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै मालिङ्गाले ४ ओभरमा ३२ रन खर्चिँदै २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सन्दीपको टिम मोन्ट्रियल टाइगर्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज बीले १९ ओभर एक बलमा आठ विकेट गुमाउँदै विजयी लक्ष्य भेट्टाएको थियो ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!