बाढी पहिरोले दुई दिनमा २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा केही दिन अविरल बर्षसँगै आएको बाढी र पहिरोका कारण २२ जनाको मृत्यु भएको छ भने २ जना अझै वेपत्ता भएका छन् । बाढी र पहिरोबाट अहिलेसम्म ८ जना गम्भिर घाईते भएका छन् ।

गृहमन्त्रालयका अनुसार बाढीका कारण पहाड र तराई क्षेत्रका १५ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोका कारण मंगलबार वेलुकासम्म वाँके ४ जना, रोल्पा ३ जना, सिन्धुली, पर्सा, सर्लाही जिल्लामा २र२ जनाको मृत्यु भएको छ । यस्तै कैलाली, चितवन, काठमाडौं, तनहुँ, उदयपुर, सिराह, दाङ, र महोत्तरीमा एक एक जनाको मृत्यु भएको छ ।

यस्तै सर्लाही र तनहुँमा एक एक जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । वेपत्ताको खोजी कार्य जारी राखिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सरकारले प्राकृतिक प्रकोपबाट घाइते भएमा ५० हजार र मृत्यु भएमा १ लाख रुपैयासम्म राहत दिने व्यवस्था छ । भौतिक क्षतिको विवरण संकलन गर्ने कार्य भई रहेको गृह मन्त्राले जनाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.