फ्रिज रकम स्थानीय कोषमै रहने

असार २१ गते/काठमाडौंँ। अबदेखि स्थानीय तहमा बिनियोजित रकम खर्च हुन नसकी (फ्रिज) भएमा सो रकम सङ्घीय सरकारको कोषमा नजाने भएको छ ।

प्रत्येक गाउँपालिका र नगरपालिकाको आफ्नै सञ्चित कोष हुने र सो रकम विविध कारणले खर्च हुनसकेन भने पनि रकम पुनः सङ्घीय सरकारको कोषमा नगइ आफ्नै कोषमा रहने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७५ मा एक आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी रहेको रकम आर्थिक वर्षको अन्त्यमा गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा स्वतः जम्मा (ट्रान्सफर) हुनेछ भन्ने उल्लेख छ ।

स्थानीय शासन विज्ञ हेमराज लामिछाने कानुनी रुपमा नै स्थानीय तहले खर्च गर्न नसकेको बजेट आफ्नै सञ्चित कोषमा रहने व्यवस्था भएसँगै स्थानीय तहले जबरजस्ती बजेट खर्च गर्ने परम्परा क्रमिकरुपमा कम हुने बताउनुभयो । उहाँका अनुसार खर्च हुन नसकेको बजेट आफ्नै कोषमा रहने व्यवस्था लागू भएसँगै चालु आर्थिक वर्षको अन्त्य हुँदा स्थानीय तहले यसअघि जस्तो जरबस्ती बजेट खर्च गर्ने क्रममा कमी आएको छ ।

बजेट आफ्नै कोषमा जम्मा हुने भए पनि बिनियोजित बजेट खर्च हुन नसक्नु सकारात्मक भने होइन उहाँले भन्नुभयो, ‘खर्च नभएको बजेटलाई आगामी वर्षको बजेटमा आम्दानीको रूपमा देखाएर खर्च गर्न सक्ने भएकाले यसवर्षदेखि नै विना आधार स्थानीय तहले बजेट खर्च गर्ने क्रममा कमी आएको छ ।’ स्थानीय निकाय रहँदा विनियोजन बजेट खर्च नभए केन्द्रीय सरकारको कोषमा जाने भएकाले जबरजस्ती स्थानीय निकायले बजेट खर्च गर्ने परम्परा थियो ।

ऐनकै बुँदा नं. ६९ ले प्रत्येक गाउँपालिका र नगरपालिकाको आफ्नै सञ्चित कोष रहने र उक्त कोषमा स्थानीय तहलाई प्राप्त अनुदान र आन्तरिक स्रोतको रकम जम्मा हुने उल्लेख गरिएको छ । याे खबर अाजकाे गाेरखापत्रले लेखेकाे छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.