सोलुखुम्बुको तेन्दुमा ‘बहुआयमिक रंगशाला’ बन्दै

२१ असार २०७५ । माप्य दुधकोशी गाउँपालिकाले पालिकास्तरीय बहुआयमिक रंगशाला निर्माणको कामलाई औपचारिक रुपमा अघि बढाएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित तेन्दुकोर्कुमा निर्माण गर्न लागिएको उक्त रंगशालाको विहिबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले शिलान्यास गर्नुभएको हो । अध्यक्ष बुद्दिकिरण राईले खेलकुदको दीर्घकालिन बिकासका लागि रङ्शाला निर्माण प्रकृया औपचारिक रुपमा सुरुवात गरिएको बताउनुभयो । रंगशाला निर्माणका लागि अहिलेसम्म एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

कम्तिमा ३ सय रोपनी क्षेत्रफलमा बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले शिखरपोष्टलाई जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राईकाअनुसनार उक्त रंगशाला निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/०७५को बजेटमार्फत ५ लाख रुपैयाँ र आउँदो आर्थिक वर्षको बजेटमार्फत २० लाख रुपैयाँ तथा प्रदेश सरकारबाट एक करोड बजेट विनियोजन भइसकेको छ ।

रंगशाला आधुनिक किसिमको बन्ने र रंगशालासँगै स्वीमिङ पुल, अन्डरग्राउण्ड पार्किङ, स्थानीय मौलिक पहिचान झल्किने पाहुना घर (होटल), विधागत रूपमा विभिन्न खेलहरुको तालिम केन्द्र र प्रशासनिक भवनसमेत बन्नेछ । उक्त रंगशाला निर्माणार्थ आवश्यक जग्गा स्थानीयले निशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । चालु आर्थिक वर्षको ५ लाख रुपैयाँ बजेटबाट स्थानीय उपभोक्ता समितिमार्फत रंगशालाको जग्गा सम्याउने तथा तारबार लगाउने योजना रहेको बुझिएको छ ।

-shikharpost.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.