रोनाल्डो युभेन्टस जाने

असार २२ गते/एजेन्सी – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने लगभग पक्का भएको छ । गोल डटकमका अनुसार उनले ४ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने छन् । ३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियन युरो भनिएको सम्झौतामा युभेन्टस १ सय २० मिलियन युरोसम्म खर्चिन तयार रहेको जनाइएको छ ।

रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको र सहमतिमा छिट्टै आउने पनि विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउने छन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.