पूर्वमाअाेवादीकाे ‘पेरिसडाँडा’ बेच्न खोज्दा विवाद चुलियाे

असार २२ गते/काठमाडौं । हाल नेपाल कम्युनिस्ट पार्टी र विगतमा नेकपा माअाेवादीको केन्द्रीय कार्यालय रहेकाे पेरिसडाँडास्थित जग्गा बिक्री गर्ने विषयमा सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ।

मजदुर शहीद स्मृती उपभोक्ता सहकरी संस्था लिमिटेडले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ५ करोड २१ लाख ऋण समयमै भुक्तानी नगर्दा केन्द्रीयकार्यालयसँगै रहेको जग्गा बेच्ने विषयमा सुरु भएको विवाद पाटी अध्यक्ष प्रचण्डसम्म पुगेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ।

अखिल नेपाल ट्रेड युनियन महासंघअन्तर्गतका सबै पेसागत घटकका केन्द्रीय समितिका पदाधिकारीको संयुक्त बैठकले पेरिसडाँडा बचाउ अभियान शुरु गरेको छ। २१ आना पेरिसडाँडाको जग्गा कुनै पनि हालतमा बेच्न दिन नहुने पक्षमा अभियान शुरु भएपछि तत्कालका लागि जग्गा बिक्री हुुनबाट रोकिने भएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.