बजेट सिध्याउन कर्मचारीको बिदेश यात्रा

असार २२ गते/काठमाडौं। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी विदेश भ्रमणको कार्यक्रम बनाएर जाने गरेको पाइएको छ ।

भूमिसुधार तथा व्यवस्था विभागबाट मंगोलिया गएका महानिर्देशक मुक्तिप्रसाद आचार्य र निर्देशक रामदत्त भट्ट फर्कन नपाउँदै फेरि बुधबार विभागका ९ जनासहित नापी विभागबाट २ जना र मन्त्रालयबाट १ जना गरी १२ जना कोरिया उडेका छन ।

मन्त्रालयका अधिकारी तालिममा
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका अधिकारी जग्गा प्रशाासनसम्बन्धी तालिममा गएको जानकारी दिनुभएको छ ।

विभागको अत्तोपत्तो छैन
यता विभागबाट के प्रयोजनका लागि गएको हो मन्त्रालयमा रेकर्ड नहुने मन्त्रालयका मुकुन्द गुरागार्इंले बताउनुभएको छ । उहाँले विभागमा भ्रमणका लागि सबैको हानथाप र दाबी हुने भएकाले विभागका अधिकारीले सुटुक्क सचिवको हस्ताक्षर गराउन फाइल ल्याउने र उतै लैजाने गरेको बताउनुभयो ।

नेपाल समाचारपत्रसँगको कुराकानीमा विभागबाट उहाँले भ्रमण गएकाहरुको नाम मन्त्रालयमा नरहेको बताउनुभएको छ । ‘यहाँ कोही छैन । सबै बाहिर जानुभएको छ’, उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘अन्य कर्मचारीको दाबी हुन्छ भनेर विभागबाट आएका फाइल सचिवलाई सही गराएर उतै लानुहुन्छ ।’

भ्रमणको कार्यक्रम कोरिया, घुम्ने चाहिँ सिंगापुर
यता कोरिया भ्रमणमा निस्केका कर्मचारीहरु सिंगापुर पुगेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयका एक कर्मचारीले सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम रहेको नेपाल समाचारपत्रलाई बताएका छन । ‘सिंगापुर हुँदै कोरिया जाने कार्यक्रम छ’, उनले भने– ‘खै को को के काममा जान लाग्नुभएको हो मलाई थाहा छैन ।’

नेपाल समाचारपत्रले भूमिसुधार तथा ब्यवस्था विभागमा भ्रमणबारे बुझ्दा सूचना दिने अधिकारी कोही नभएपछि एक खरिदारले भ्रमण टोलीमा जाने कर्मचारीको नाम उपलब्ध गराएका थिए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.