नेपाल भ्रमणको लोगो जापानी भाषामा

असार २२/टोकियो — नेपाल सरकारले दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण २०२० मनाउने कार्यक्रम सार्वजनिक गरेसँगै विदेशमा रहेका नेपाली पनि प्रचारमा जुटेका छन् ।

नेपालको पर्यटन प्रर्वधनका लागि जापानमा रहेका नेपालीले पनि जापानी भाषामा नेपाल भ्रमण वर्ष २०२० को लोगो सार्वजनिक गरेका छन्। नेपाल–जापान पर्यटन अध्ययन केन्द्रले नेपाल पर्यटन बोर्डको सहकार्यमा जापानी भाषामा लोगो सार्वजनिक गरेको उक्त अध्ययन केन्द्रका सदस्य विशेश्वर रेग्मीले बताए। रेग्मीले नेपाल भ्रमणका लागि बढीभन्दा बढी जापानी नागरिकलाई उत्सुकता बढाउन र नेपालबारे जानकारी गराउन लोगो सार्वजनिक गरिएको बताए।

उनले आफूहरूले नेपालको पर्यटन प्रवद्र्धनका लागि जापानमा नेपाल चिनाउने कामहरू गर्दै आएको र सन् २०२० सम्ममा धेरै जापानी नागरिकलाई भ्रमण गराउने उद्देश्यले अन्य जानकारीमूलक सन्देश पनि जापानी भाषामा प्रचारप्रसार गर्ने योजना रहेको जानकारी दिए।

-www.kantipurdaily.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.