उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

नोभगोरोड (एजेन्सी) –। उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । मूह ‘सी’ को विजेताका रुपमा अन्तिमा १६ मा प्रवेश गरेको फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउंदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । अर्को तर्फ, समूह ‘ए’ को विजेता रहेको उरुग्वे प्रि-क्वाटरफाइनलमा पोर्चुगललाई २-१ ले हराउन सफल भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.