ब्राजिल बाहिरियो, बेल्जियम सेमिफाईनल प्रवेश

असार २३/काजान (एजेन्सी) – विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनलमा  बेल्जियमले ब्राजिललाई २-१ ले हराउन सफल भएको छ ।

बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्‍यो ।

बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । ब्राजिलका लागि परिवर्तित खेलाडी रेनाटो अगस्टोले फिलिप कौटिन्होको पासमा टोलीका लागि एक गोल फर्काए पनि सो पर्याप्त रहेन ।

यससंगै दाबेदार मानिएका ब्राजिलसंगै जर्मनी, अर्जेन्टिना र स्पेन सबै बाहिरिएका छन् । अब सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्ने छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.