सुजिता बनिन् राष्ट्रपति, ओली सभामुख

हेटौंडा । मनहरीमा युवा संसद् नमूना अभ्यास सकिएको छ । राष्ट्रिय युवा परिषद्सँगको समन्वयमा जिल्ला युवा समिति र मनहरी गाउँपालिकाले गरेको युवा संसद्मा मनहरी गाउँपालिकाका ९ वटै वडाका ३० युवाको सहभागिता थियो ।

संसदीय अभ्यासका क्रममा सबिना ओली सभामुख, बुद्ध स्यांतान प्रधानमन्त्री तथा सुजिता थिङ राष्ट्रपति भएका थिए । उनीहरुले संसद्मा आफ्नो पदीय दायित्व निर्वाह गरेका थिए भने अन्य युवा सांसद्ले संसदीय अभ्यास गर्दै राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारे सभामुखसँग समय माग गरी धारणा राखेका थिए ।

युवा संसद्को प्रदर्शनी ३ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितको प्रमुख आतिथ्यतामा भएको हो । दुई दिन चलेको अभिमुखीकरणपछि युवाले शुक्रबार संसदीय अभ्यास गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.