खोटाङमा प्रदेश नं १ कै ठुलो प्राविधिक शिक्षालय बन्ने

असार २३, खोटाङ-खोटाङमा प्रदेश नं १ कै ठुलो प्राविधिक शिक्षालय बन्ने भएको छ । जस्का लागि ६७ रोपनि जग्गा ११ जनाले निशुल्क प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको हो ।

स्थानीय उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले ६ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिं राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएको प्राविधिक शिक्षालय स्थापनार्थमा खटिएका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिए ।
जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएको जनाइएको छ ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.