अलपत्र मौलिक हक, ८३ मध्ये एउटा पनि छैन तयार !

काठमाडौं । सरकारले संविधानले निर्धारण गरेको मौलिक हकसम्बन्धी विधेयकहरू संसद्मा नदिँदा ऐनहरू बन्न सकेका छैनन् । बजेट अधिवेशनका रूपमा सुरु भएको सदनमा बजेटसम्बन्धी विधेयकहरू पारित भइसक्ने अवस्थामा छन् ।

संसद् सचिवालयमा मौलिक हकसम्बन्धी एउटै विधेयक दर्ता छैनन् । जबकि, सरकारले मौलिक हकसम्बन्धी ८३ विधेयकहरू तयार पार्नुपर्छ ।

सचिवालय विधेयक शाखाका अधिराज राईका अनुसार संघीय संसद्को प्रतिनिधिसभातर्फ अहिलेसम्म १० विधेयक दर्ता भएका छन् भने राष्ट्रिय सभातर्फ एउटा मात्रै विधेयक दर्ता भएको छ । गृह मन्त्रालयले पेस गरेको सुरक्षासम्बन्धी एउटा विधेयक संसद्मा दर्ता भएको छ भने राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक फिर्ता गरेर शुक्रबार अर्को पूर्ण विधेयक संसद्मा दर्ता भएको राजधानी दैनिकमा समाचार छ ।

प्रतिनिधिसभामा बजेट र अध्यादेशको प्रतिस्थापनसम्बन्धी तीन विधेयक सदनमा दर्ता छन् । राष्ट्रिय सभामा भने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक दर्ता भई पारित भइसकेको छ । सदनमा बजेटसम्बन्धी आर्थिक विनियोजन, राष्ट्र ऋण उठाउने विधेयक र राजस्वसम्बन्धी विधेयक सदनमा छलफलका क्रममा छ । मौलिक हकसम्बन्धी ऐनहरू आगामी ३ असोजभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.