प्रहरीमा राजीनामा लहर तलब कम, चाकरी चप्लुसी बढी

काठमाडौं । हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, ‘प्रहरीको ‘जागिर’ अब पुग्यो ।’ नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले ‘पेन्सनर’ सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् । त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दुःख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।’

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।
सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४÷२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.