‘कर्णालीका नागरिक पनि मान्छे हुन्, यिनीहरूकाे उपचार यही हुन्छ भने मेराे किन नहुने ?’

जुम्ला । अनसरत डा. गाेविन्द केसी ८ दिनदेखि भाेकै छन् । उनकाे स्वासप्रश्वासमा बाधा अाएकाे छ र छाती तथता मांशपेसीमा दुखाइ बढेकाे छ । मुस्किलले बोल्न सक्ने अवस्थाका उनी शिथिल देखिन्छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा सुतिरहेका डा. केसीनजिकै उनका दुई सहयोगी छन् । सहयोगीसँगको संवादक्रममा डा. केसीले संवाददाताको परिचय सुनिसकेका थिए ।

उनले संवाददातालाई पुलुक्क हेर्दै हातको इसाराले नजिकै बोलाएर सोधे, ‘सञ्चै हुनुहुहुन्छ ?’ ‘हजुरलाई कस्तो छ ?’ प्रतिप्रश्नमा केसीले जवाफ दिए, ‘स्वासप्रश्वासमा निकै बाधा भइरहेको छ, मांशपेसी र छातीमा पीडा भइरहेको छ ।’

कभर्ड हलमाभन्दा अस्पतालमा उनलाई धेरै सजिलो भएको छ । ‘कचर्ड हलमा धेरै गाह्रो थियो,’ उनले भने, ‘यहाँ आएपछि धेरै राहत फिल भइरहेको छ ।’ कभर्ड हलमा उनी ५ दिन बसेका थिए। बुधबार उनलाई अस्पताल ल्याइएको थियो ।

जुम्लाको स्वास्थ्य उपचार र उनको स्वास्थ्य खतराप्रतिको अड्कलबाजीलाई केसीले सहजै चिरिदिएकाे नागरिक दैनिकमा विशेष रिपाेर्ट छ ।

‘कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि,’ उनले भने, ‘यहाँका मान्छे यही अस्पतालका भरमा छन् भने मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ?’ उनले प्रतिष्ठानका तर्फबाट आफूूले राम्रो उपचार पाइरहेको सन्देश पनि दिए । उनले भने, ‘म यहाँका चिकित्सकप्रति विश्वस्त छु।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.