अोखलढुङ्गा प्रशासनले शनिबार दियो सेवा

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले शनिबार पनि सेवा दिएको छ । द्वन्द्व पीडितलाई राहत रकम वितरणका लागि प्रशासनले शनिबार सेवा दिएको हो । सेवाग्राहीलाई सहजता दिने उद्देश्यले शनिबार सेवा दिएकोे प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनले भने, ‘अरु दिन भिड हुने भएकाले द्वन्द्व पीडितलाई राहत दिन शनिबार प्रशासन खुल्ला गरिएको हो ।’

पीडितलाई शनिबार सेवा प्रवाह गर्दा सहज भएको प्रशासनका कर्मचारीहरुले बताएका छन् । राहत रकम पाएपछि द्वन्द्व पीडित खुसी भएका छन् । सरकारले प्रति व्यक्ति २५ हजारका दरले राहत रकम उपलब्ध गराएसँगै उनीहरु खुसी भएका हुन् । खिजीकातीका टिकाराम तामाङले भने, ‘आसा मरिसकेको थियो, राज्यले सम्झियो, खुसी लागेको छ ।’

प्छिल्लो समयमा द्वन्द्वको पीडित भएर गाउँ छाडेकाहरु फर्कीएका छन् । द्वन्द्वमा पीडित भएको नाममा एकै परिवारका १२–१५ जनासम्मले सहयोग रकम बुझेका छन् । ओखलढुंगामा द्वन्द्व पीडितका लागि क्षतिपूर्ती बापत सरकारले करिब पाँच करोड रकम विनियोजन गरेको थियो ।

कार्यदलको सूचीअनुसार द्वन्द्वबाट ओखलढुंगामा विस्थापितको संख्या नौँ सय ४३ परिवारका करिब दश हजार प्रभावित रहेको अनुमान गरिएको छ । ओखलढुंमा १० वर्षे सशस्त्र युद्धमा दुई सय ९ जनाको मृत्यु, ११ बेपत्ता, ९२ अपांगता र ६४१ जना आन्तरिक विस्तापित भएको कार्यदलको तथ्याङ्कमा उल्लेख छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.