सेक्स गर्न हुने विवाह गर्न नहुने ?

काभ्रेपलाञ्चोकका अजित मिजारको लास ३ वर्षदेखि काठमाडौं टिचिङ अस्पतालमा सडिरहेको छ । अर्घाखाँचीकी १५ वर्षीया समिता नेपालीलाई राजु अधिकारीले बलात्कार गरी हत्या गरे । बोक्सीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका —१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिनु प¥यो । भर्खरै प्रतिनिधिसभाको बैठकमा सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौंमा डेरा नपाएको पीडाले चर्चा पायो ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–९ बाट निर्वाचित वडा सदस्य मना सार्कीलाई राजेन्द्र शाही, दुर्गा शाही र सिर्जना शाहीले कमिनी डुमिनी भन्दै कुटेर मारे । गत असार १२ गतेदेखि ३ दिनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया विकको शव असार १५ गते नजिकैको चपरथली सामुदायिक वनमा फेला प¥र्यो । उनको सामूहिक बलात्कार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बेनी नगरपालिका– ९ का ३१ वर्षीय इन्द्र बहादुर खड्का र अन्नपूर्ण गाउँपालिका तातोपानीकी २१ वर्षीय सविता नेपालीबीच प्रेम सम्बन्ध थियो । चार वर्षको गोप्य सम्बन्धमा रहेका उनीहरु जब सविताको पेटमा बच्चा हुर्किदै गयो ,सविताको मुत्युको दिन पनि नजिकिदै गयो । १२ कक्षाको परिक्षा दिएर बसेकी सविताले इन्द्रबहादुर खड्काको गर्भ बोकेकी थिइन् । सविताको पेटमा बच्चा हुर्किदै जाँदा गाउँलेहरुले चाल पाए । गाउँलेहरुले चाल पाएपछि सविताकी आमा राधिकालाई छोरीको विषयमा दबाब परेपछि गाउँलेहरुले र आमाले असार १४ गते जीप चालक रहेका इन्द्रबहादुर खड्कालाई पोखरा जानुछ भन्दै बेनी बोलाए । गाउँलेहरुले सविताको पेटमा बच्चा हुर्किएको भन्दै जिम्मा लिन लगाएपछि इन्द्रबहादुरले सविताको पेटमा भएको बच्चा आफ्नो र सविता आफ्नो भएको स्वीकार गरी अब आफुहरु पोखरा सँगै बस्ने बताउँदै जीपमा हालेर हिँडेका थिए । सोही दिन उनीहरुको जीप कालीगण्डकीमा दुर्घटना हुँदा दुवै जना वेपत्ता भएको निष्कर्ष प्रहरी र सविताका आफन्तहरुले निकालेका थिए । घटना भएको एक हप्तापछि पेटको बच्चा र सवितालाई स्वीकार गरी बेपत्ता भएका भनिएका इन्द्रबहादुर प्रहरी सम्र्पकमा आएपछि घटनाले नयाँ मोड लिएको छ ।

आमा राधिका र सिंगो गाउँलेहरुले सविताको नियोजित हत्या गरिएको आरोप लगाएका छन् । के गाउँलेले लगाएको आरोप जस्तो सविताको हत्या नियोजित हो कि साच्चिकै बेपत्ता ? इन्द्रबहादुर किन एक हप्तापछि प्रहरीको सम्र्पकमा आए ? एक हप्तासम्म कहाँ थिए ? बेपत्ता भनिएका व्यक्ति आफु मात्रै प्रहरी सम्पर्कमा आउनु र सविताको मृत्यु भएको जानकारी दिनुको अर्थ के हो ? के उनले भनेजस्तै सविता बेपत्ता भएकी हुन त ? शंका गर्ने धेरै ठाउँहरु छन् ।

हिजो सविताको सेक्सको स्वाद लिँदा दलित नहुने ,आज सविता दलित हुने ? धेरै दलित दिदि बहिनीहरु गैरदलितबाट यसैगरी लुटिएका छन्, लुकिछिपी प्रेम गर्ने निहुँमा बलात्कृत भइरहेका छन् । सेक्सको प्यास नमेटिउनजेलसम्म राम्री अति राम्री हुने, जब सेक्सको प्यास मेटिन्छ अनि कुरुप र दलित हुने ? सेक्स गर्दा दलित नहुने विवाह गर्दा दलित हुने ? समाजभित्र हुर्किएका यस्ता आपराधिक मनस्थितिका मान्छेहरुको सोचमा कहिले परिर्वतन आउँछ कुन्नि ?

आज सविता, माया र समिता मात्रै दलित भएर लुटिएका छैनन् कि ,सेक्स प्यास मेटाउने निुहँमा बलात्कृत पनि बन्दै आइरहेका छन् । हाम्रो समाजमा जातीय भेदभाव तथा छुवाछूतका कुप्रथाहरु सामाजिक कंलकको रुपमा अझै व्याप्त रहेको यी माथिका घटनाहरुले छर्लङ्ग पर्छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित हुँदा पनि दलित समुदायले जातीय विभेद तथा छुवाछूतको शिकार भई अपमानित र अमर्यादित जीवन जिउनु पर्ने अवस्थाको सृजना हुनु लोकतन्त्र र गणतन्त्र दुवैको उपहास हो ।

दलित अनलाईन

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.