मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिनुभयो । समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो ।

ध्रुवसत्य परियार-कैरन

सरस्वती प्रतीक्षा-नथिया

तीर्थ गुरुङ-पाठशाला

यज्ञश-भुइयाँ’

नयनराज पाण्डे-यार

नीलम कार्की ‘निहारिका-योगमाया

राज माङ्लाक-लिम्बूनी गाउँ

मोहन वैद्य ‘किरण’-हिमाली दर्शन

ती पुस्तकबाट नै एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.