विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनायो भारतले

एजेन्सी -सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ । उक्त मोबाइल फ्याक्ट्रीको दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल भारतमा प्रति वर्ष ६ करोड सामसङ्ग मोबाइल सेट उत्पादन भइरहेको छ । अब यो फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । अब यस उद्योगले पूर्ण रुपमा काम थालेपछि प्रति वर्ष १२ करोड सामसङ्ग मोबाइल सेट उत्पादन हुनेछ ।

एशियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतले अघिल्लो वर्ष हाल सम्मकै ठूलो प्रत्यक्ष विदेशी लगानी भित्राउन सफल भयो । उक्त वर्ष भारतले पुनलगानी समेत ६२ अर्ब डलर विदेशी लगानी आकर्षित गर्न सक्यो ।सन् २०१७ मा भारतको स्मार्टफोन बजार १४५ ले बृद्धी भयो । यो शिर्ष २० अर्थतन्त्रमध्य सबैभन्दा तीब्र वृद्धीदर हो ।

आफ्नो नयाँ फ्याक्ट्रीमा १०,००० पर्ने सस्तो मोबाइलदेखि एस–९ सम्म बन्ने सामसङ्गले जानकारी दिएको छ । भारतमा सत्तो खालको मोबाइल बढी विक्ने गरेको छ । यही कारण एप्पलका मोबाइलले भारतमा बजार हिस्सा बढाउन संघर्ष गरिरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.