प्रधानमन्त्री कार्यालयकै काम सुस्त

काठमाडौं । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्। प्रधानमन्त्री केपी ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो।

तर ती निकायको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रूपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन। प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउनेतर्फ खासै ध्यान दिन नसकेको खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.