
काठमाडौं । प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ।
समाचारको अनुसार श्रम, रोजकार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभई देशभित्रको रोजगारी रहेको जनाउँदै रोजगारीको अल्पकालिन विकल्पका लागि वैदेशिक रोजगारीमा जानै परे पनि सीप सिकेमामात्र पठाउने छ।