सर्वाधिक गोलकर्ता कप्तान केनको पीडा

मस्को (एजेन्सी)– विश्वकपको सेमिफाइनलबाट बाहिरिदा निकै पिडा बोध भएको इङ्ल्यान्डका कप्तान ह्यारी केनले बताएका छन् । १–० ले अग्रता लिएको क्रोएसियाविरुद्धको सेमिफाइनल इङ्ल्यान्डले अन्तमा २–१ ले गुमाएको थियो । मारियो मान्डुकिजको निर्णायक गोलमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा इङ्ल्यान्ड उपाधि दौडबाट बाहिरिएको थियो ।

काने आफै पनि खेलमा संघर्ष गरिरहेका थिए । खेलपछि शब्द विहिन देखिएका केनले सपनाको अन्त्य भएको बताएका छन् । ‘यस्तोमा आँसु झर्नुका स्वभाविक हो । निकै दुःख लागेको छ ,’ सेमिफाइनल सम्मको समाप्तीमा ६ गोलसहित सर्वाधिक गोलकर्ता रहेका केनले भने, ‘यद्दपी गर्वका साथ हामीले शिर ठाडो गर्न सक्छौं । विश्व कप यात्रा निकै सुखद रह्यो । सबैले गर्व महसुस गरेका छन् । तर, हामी जित्न चाहन्थ्यौं ।’

उनले आफ्नो टोलीले सेमिफाइनलमा केहि कमजोर प्रदर्शन गरेको स्वीकारे । ‘अग्रता लिएपछि अब हामी जित्छौ भन्ने थियौं,’ उनले भने, ‘तर त्यसपनि हामीले राम्रो गर्न सकेनौं । दुःख लागेको छ । बोल्ने धेरै ठाँउ छैन ।’

अब इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमको सामना गर्नेछ । समूह चरणमा यी दुई टोलीबीचको प्रतिस्पर्धामा बेल्जियम १–० ले विजयी भएको थियो । केनसँगको प्रतिस्पर्धामा बेल्जियमका रोमेलु लुकाकु (४ गोल) छन् । क्रोएसिया र फ्रान्सबीच आइतबार विश्वकपको फाइनल हुनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.