काठमाडौं । खालिङ भाषाको गीतले राष्ट्रिय अवार्ड जितेको छ । गिनिज बुकमासमेत नाम लेखाइसकेका गायक पूर्ण राईको ‘देल्कम् हेङ् मोओ रैछ’ बोलको खालिङ भाषाको गीतले सर्वोत्कृष्ट गायनको अवार्ड जितेका हुन् ।
कानुन तथा न्याय मन्त्री शेरबहादुर तामाङ र नेपाली राष्ट्रियगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माईला) ले संयुक्त रुपमा सो अवार्ड प्रदान गरे ।
उक्त गीतको रचना गायक स्वयं राईले नै गरेका हुन भने संगीत र संगीत संयोजन पबिधन खालिङले गरेका हुन् । नेपाली भाषा अन्तरगतका विभिन्न राष्ट्रिय अवार्ड तथा सम्मान कार्यक्रमहरु हुँदै आइरहेको अवस्थामा नेशनल पावर न्यूज एण्ड मिडिया इन्टरटेनमेन्टले नेशनल पावर न्यूज म्युजिक अवार्ड २०१८ आयोजना गरेको हो ।
यस अवार्ड कार्यक्रममा चलचित्र, आधुनिक, लोकपप, लोकगीत तथा भाषिक विधाबाट राई, मगर, गुरुङ, शेर्पा, लिम्बु, थारु, नेपाल भाषा, तामाङ लगायत दर्जनौ भाषिक गीतहरु समाबेश गरिएका थिए । सर्वोत्कृष्ट रचना, संगीत, गायन, म्युजिक भिडियो तथा कृटिक्स अवार्ड प्रदान गरिएको छ ।
-shikharpost.com