गृहमन्त्री बादललार्इ उत्तर काेरिया भ्रमणकाे निम्ताे

काठमाडौं | गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि उत्तर कोरीयाली राजदूत किम योङ हकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत भएको गृहमन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री बादलले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गरेकाे र त्यसबाट सफल परिणाम आउने आशा व्यक्त गरे ।

उनले उत्तर कोरियाकाे देशभक्ति सबैलार्इ प्रेरणाको स्रोत भएको टिप्पणी गरे ।

गृहमन्त्री बादलले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुक रहेको बताए ।

राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताए । जवाफमा गृहमन्त्री बादलले,’सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताए ।’

राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री बादललाई निम्ताे दिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.