एसियाका घुम्नैपर्ने स्थलमा नेपालको लुम्बिनी, कति स्थानमा पर्यो त लुम्बिनी ?

कपिलवस्तु — सन् २०१८ मा एसियाका घुम्नुपर्ने महत्त्वपूर्ण ठाउँमा बुद्ध जन्मभूमि लुम्बिनी पनि परेको छ । संसारकै विश्वासिलो गाइडबुक एवं ट्राभल वेबसाइट कम्पनी ‘लोन्ली प्लानेट’ ले घुम्नैपर्ने एसियाका १० स्थानको सूची सार्वजनिक गर्दै लुम्बिनीलाई सातौं स्थानमा राखेको हो । जसमा पहिलो स्थानमाकोरियाको बुसान, दोस्रोमा उज्बेकिस्तान, तेस्रोमा भियतनामको होचिमिन्ह सहर, चौथोमा भारतको पश्चिमी घाट र पाँचांैमा जापानको नागासाकी राखेको छ ।

घुमफिरसम्बन्धी जानकारी दिने अमेरिकाको यस ट्राभल बेबसाइटले विगत केही वर्षदेखि संसारका विभिन्न स्थानलाई घुम्नलायक भनेर छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । ‘पर्यटकीय महत्त्वको ऐतिहासिक र पुरातात्त्विक स्थल लुम्बिनी हो, जसले सबैलाई आमन्त्रण गरिरहेको छ,’ वेबसाइडमा छोटो जानकारी दिँदै भनिएको छ, ‘शान्ति, सद्भाव, प्रेरणा र भ्रातृत्व खोज्नेदेखि पर्यटकीय आकर्षणको आनन्दमा रमाउनेसम्म यहाँ अटाउँछन् ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.