पर्यटक बढ्दै होटलको संख्या स्थिर

सोलुखुम्बु,(आफ्नो समाचार)साउन १ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा होटलको संख्या न्युन हुदा समस्या भएको छ । पर्यटकिय क्षेत्रमा होटल व्यवशायीहरु आकर्षित हुन नसक्दा खुम्बु क्षेत्रको होटल तथा पर्यटन व्यवशाय फस्टाउन सकेको छैन भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समस्या भएको छ ।
वार्षिक रुपमा पर्यटकको संख्या बृद्धि भईरहे पनि होटलको संख्या जस्ताको त्यस्तै रहदा समस्या भएको छ । नाम्चे तथा त्यसक्षेत्र भन्दा माथिल्लो क्षेत्रमा अत्यन्तै न्युन मात्रा होटल हुनुका साथै होटल बनाउने व्यवशायी नहुदा पर्यटकहरु किचन तथा डाईनिङमा सुत्न बाध्य भएका छन् । पयर्टन व्यवशायी सुर्यराज राई भन्नुहुन्छ–‘सिजनमा पर्यटकको लागि त पहिल्यै कोठा ‘बुकिङ’ हुन्छ भर गाईड त भुईमा नै सुत्नु पर्छ भने गाईड विना नक्सा हेर्दै आउने पर्यटक त कति भुईमा सुतेको मैले देखेको छु ।’
नाम्चे होटल व्यवशायी सँघका अध्यक्ष ङाताङ शेर्पाका अनुसार पछिल्लो ६ वर्षको तथ्याङ्क अनुसार अति न्युन मात्रामा होटल थप भएको छ–‘नाम्चे क्षेत्रमा होटल बनाउन धेरै महँगो भएकोले ६ वर्षमा एक दर्जनको हाराहारीमा मात्र होटल बनेको छ ।’ शेर्पाका अनुसार त्यस क्षेत्रमा मध्यम वर्षका लगानी कर्ताले लगानी गर्न नसक्नु ठुलो समस्या भएको छ । उहाका अनुसार कम्तिमा ४ करोड लगानी गर्नु पर्छ ।
खुम्बु क्षेत्रमा अर्काे समस्या भनेको मौसमी मात्रामा मात्र होटल चल्नु पनि ठुलो चुनौती रहेको होटल व्यवशायीहरु बताउछन् । वर्षको चैत–जेठ र भदौ कातिक मात्र होटल चल्ने अरु समय प्रतिकुल मौसमका कारण बन्द गर्नुपर्ने भएकोले पनि लगानीकर्ताले लगानी गर्न नचाहेको व्यवशायीहरु बताउछन् । हिउदको समयमा चिसोका कारण पर्यटक नआउने तथा वर्षातमा बादल तथा हुस्सुले हिमालको अवलोकन गर्न नपाउने भएकोले वर्षात र हिउदमा होटल बन्द गरेर व्यवशायीहरु अन्यत्र जाने गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.