आजदेखि अनलाइनबाटै शेयर किनबेच गर्न सकिने

काठमाडौं । आजबाट शेयर अनलाइनबाटै खरिद विक्री गर्न सकिने भएको छ । शेयरमा स्वचालित विद्युतीय कारोबार प्रणाली आजबाट लागू भएसँगै उक्त सुविधा प्राप्त हुने भएको हो ।

धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो । अब इन्टरनेट सुविधा भएको स्थानबाट सजिलै शेयरको कारोबार गर्न सकिन्छ ।

तर, यसका लागि कारोबारकर्ताले पहिलोपटक शेयर दलालको कार्यालयबाट ‘युजरनेम’ र ‘पासवर्ड’ लिनुपर्ने र त्यसपछि भने घरैमा बसेर अनलाइनबाट कारोबार गर्नसक्ने बोर्डले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.