करेन्ट लागेर एक जनाको मृत्यु, सोलुखोलामा एक जना वेपत्ता

सोलुखुम्वुको नेचा सल्यान गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेण्ट लागेर नेचा सल्यान गाउँपालिका १ सल्यानका टेकधन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुले जनाएको छ । निर्माणाधिन आफ्नै घरमा पानी भिजाउने क्रममा पेल्ट्रिक सेटको तारवाट करेन्ट लागेर मृत्यु भएको वाताईएको छ । उनको घटनास्थलमा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार विहान सोलु खोलाले बगाएर एक जना कामदार वेपत्ता भएका छन । तल्लो सोलु जलविधुत आयोजनामा कार्यरत झापाका अन्दाजी २८ वर्षिय विजय धिमाल वेपत्ता भएका हुन । आयोजनाका प्रशासकीय व्यवस्थापक कविराज पौडेलका अनुसार निर्माण सामग्री लिएर आएको मालवाहक गाडी पुल तर्ने क्रममा पुल लच्किदा पुलमै रहेका धिमाल खोलामा खसेर बेपत्ताा भएको हो ।

-solukhumbusamachar.com

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.