चार महिनामै २३ अर्ब रकमान्तर

काठमाडौं। बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ । आजको राजधनी दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

आर्थिक अनुशासन कायम गर्न रुपान्तिरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नर्गन सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन ।

बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत्र, वैशाख र जेठ)मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ।

यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माणलगायतका शीर्षकमा खर्च भएको पाइएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.