मानव निर्मित महाकुलुङ ताल बन्ने

चतुर कुलुङ

पेल्माङ, साउन ३ गते । पर्यटन प्रर्वद्धन गर्ने लक्ष्यका साथ सोलुखुम्बुमा पहिलो मानव निर्मित ताल बन्ने भएको छ । सोलुखुम्बुको महाकुलुङ २ पेल्माङमा मानव निर्मित ताल बन्न लागेको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि तालको निर्माणको सुरुवात भएको महाकुलुङ २ पेल्माङका अडाध्यक्ष प्रदिप कुलुङले बताउनु भयो । तालको सम्भब्यता अध्ययनको लागि प्रदेश न १ सोलुखुम्बुका सांसद उत्तम कुमार बस्नेतले आ.ब.२०७४/७५ म रु २ लाख र आ.ब.२०७५/७६ मा रु.२० लाख बजेट बिनियोजन गर्नु भएको छ ।
साथै ताल निर्मााणको लागि गाउपालिका र वडा पालिकाको लगानी हुने महाकुलुङ गाउपालिकाको कार्यालय सोलुखुम्बुले जनाएको छ । ताल निर्मााण्को लागि धेरै लागत लाग्ने भएकोले व्यक्तिगत सहयोग आउने तथा संकलनको काम पनि भईरहेको छ । गाउपालिकाका कार्यत्रकारी अधिकृत लवुन राई र वडा नं २ सचिव हरि आचार्यले ५/५ हजार सहयोग गर्नु भएको महाकुलुङ २ सोलुखुम्बुका अध्यक्ष प्रदिप कुलुङले बताउनु भयो ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.