लोग्नेमान्छे भएर रुनुपर्छ रे, रुनुको फाइदा पो छ

‘लोग्नेमान्छे भएर, रुनु हुन्न रे
मर्दको छोरोले आँशु झार्न हुन्न रे’

योगेश्वर अमात्यले गीतबाट जसरी पुरुष-मनमा गाँठो परेको वेदना फुकाइएको छ, वास्तवमा यसको भाव र मर्म उत्तिकै गहन छ ।

रुनुलाई हामी कमजोरी ठान्छौं । रुनु भनेको कमजोरी दर्शाउनु हो, लाचारीपन देखाउनु हो भन्ने आम धारण छ । तर, मानविय संवेगको यो पाटोलाई दुख र कमजोरीसँग मात्र जोडेर हेर्न सकिदैन । यसको आफ्नै फाइदा पनि छ । त्यसो नहुँदो हो त, प्रकृतिले आँशु बनाउने थिएनन् होला ।

रुनु एक प्राकृतिक क्रिया

रुनु एक प्राकृतिक क्रिया हो । हामीलाई हास्न र रुन कसैले सिकाउनै पर्दैन । यो स्वतस्फूर्त हामीले जन्मजात लिएर आउँछौं ।

मानिस जन्मनसाथ पहिलो प्रतिक्रिया वा व्यवहार रुनु नै हुने गर्छ । आमाको गर्भभित्रको वातारण तथा जीवनशैली र जन्मेपछिको बाहिरी वातावरण एवं जीवनशैली फरक पर्दा हुने कठिनाइ र समायोजनको प्रक्रियामा उ रुने गर्छ । नवजात शिशु जन्मीने वित्तिकै रोएन भने चिमोटेर वा प्याट प्याट पिटेर भए पनि रुवाउने प्रयास गरिन्छ । रुदा नवजात शिशुले गहिरो सास लिन्छ ।

संवेग र भावनाको स्रोत

जसले श्वास प्रश्वास प्रक्रियालाई सहज बनाउछ । हाँसो, खुसी, क्रोध, निराशा, लाज, घृणा , माया जस्तै रुनु पनि एक प्रकारको भावना वा संवेग हो र मन भावनाको स्रोत हो ।

भावना शरिर भित्रको रासायनिक प्रतिक्रिया हो । सबै भावनाहरुको नियन्त्रण र सञ्चालन दिमागले नै गर्ने गर्छ । मस्तिष्कको विचको भाग, लिम्बिक सिस्टमले सबै प्रकारका भावनाहरु आˆनो नियन्त्रणमा राखी परिचालन गर्ने काम गर्छ । अरु भावनाहरु जस्तै रुनु पनि मन र मस्तिष्कसँग सम्वन्धित क्रियाकलाप हो । भावनाहरु विशेष गरी अनुहार मार्फत व्यक्त हुन्छन् ।

रुनु एक भाषा

मानव जातीको रुवाई नै पहिलो भाषा भएकाले नवजात शिशुले भोक लाग्दा, डर लाग्दा, असजिलो हुदाँ, एक्लो हुदाँ आवश्कताहरु पुरा नहुदा आदि अवस्थामा रोएर नै आफ्नो समस्या व्यक्त गरिरहेको हुन्छ । विस्तारै उसले इसारा गर्न, बोल्न सिक्दै गएपछि भने रुवाई क्रमश कम हुदैँ जान्छ ।
सुख – दुख दुवैमा मान्छे रुन्छ तर, भावनात्मक चोट पर्दा नै व्यक्ति बढी जसो रुने गर्छ । सबेै उमेर समुहका व्यक्तिहरु मनमा चोट पर्दा दुखी हुने गर्छन् । तर, व्यक्ती, उमेेर र परिवेश अनुसार रुवाईको प्रकृति भने फरक फरक हुन सक्छ । कोही सुक सुक गरेर रोलान, कोही भने डाको छोडेर रोलान ।

शारीरिक प्रतिक्रिया

व्यक्ति भावुक हुदाँ इन्डोक्राइन सिस्टमले आँखाको क्षेत्रमा हर्माेन निकाल्न थाल्छ । जुन आँखामा आँशुको रुपमा रसाउन थाल्छ । तर, आँखाबाट निस्कने सबै आँशु एकै प्रकारको हुदैनन् । यसमा पनि रासायनिक अन्तर पाइन्छ । दुख र भावनात्मक चोट पर्दा निस्कने आँशु (सम्वेगात्मक आँशु ), आँखामा केही धुलो, कसिंगर पर्दा निस्कने आँशु (आँखाको पानी) र आँखा लाई व्याक्टेरियाबाट बचाउन तथा आँखालाई सुख्खा हुनबाट रोक्न अश्रु ग्रन्थीबाट निस्कने आँशु फरक हुन ।

कहिले काही हामी फिल्म हेर्दा, उपन्यास, कथा आदि साहित्य पढ्दा, गित सुन्दा पनि रुने गर्छाै । अवास्तविक र काल्पनिक नै भए पनि कथा र पात्रमा डुब्दा हाम्रो मस्तिष्कको दाँया गोलार्ध बढी सक्रिय हुन थाल्छ , जुन भावनासँग सम्बन्धित हुन्छ । जसले गर्दा भावनामा डुबेर हामी रुने गर्छाै । तर, बाँया गोलार्ध अरु बेला भन्दा कम सक्रिय हुन्छ । जुन तर्क तथा तथ्यसँग सम्बन्धित हुन्छ ।

मान्छे किन रुन्छ ?

मानिस रुनुको पछाडि धेरै कारणहरु हुन सक्छन् । जस्तो मनमा पिर पर्दा, तनाव हुदाँ, निरास हुदाँ, विछोड तथा आफन्तको मृत्यु हुदाँ, शारिरिक चोट पटक लाग्दा, शारिरिक दुखाई, सोचेजस्तो परिणाम नआउदा, असफल हुदाँ, अप्रत्यासित सफलता वा खुसीको समाचार सुन्दा, कसैले गाली, दुव्र्यवहार, हेला, अपमान, आरोप तथा लान्छना लगाउदा, अत्याधिक रिस उठ्दा, पछुतो हुँदा आफ्नो गल्ती महसुस हँदा, विछोड पछिको मिलन हुँदा , अरुको पीडा देख्दा सुन्दा, कसैले आफुप्रति सहानुभुति राख्दा, कामको मुल्याङ्कन गर्दा, प्रशंसा गर्दा, माया गर्दा आदि अवस्थामा मानिस रुने गर्छ ।

रुनुको फाइदाहरु

जब मनको पिर-व्यथाले सहज निकास पाउदैन तव व्यक्ति रुन्छ । दुखमा प्राय सबैलाई रुन मन लाग्छ । तर, सामाजिक परिवेश र वातावरणको कारण निर्धक्कसँग रुने अवसर नमिल्न पनि सक्छ । पिडालाई दवाएर राख्नु, व्यक्त नगर्नु भन्दा मन खोलेर रुनु मानसिक तथा शारिरिक स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । मनमा चोट परेका ब्यक्तिलाई रुनको लागि उत्साहित गर्नुपर्छ । उनीहरुलाई रुनबाट रोक्नु हुदैन ।

हाम्रो समाजमा भने पीर पोख्न रोएको व्यक्तिलाई नरोउ भनेर सम्झाउने,अझ केटो मान्छेलाई त झन छोरा मान्छे भएर रुनु हुन्न भन्ने, रुनुलाई कमजोरीपन, कमजोर मन भएको व्यक्तिको रुपमा हेर्ने गरिन्छ । यो राम्रो कुरा होइन ।

भन्ने गरिन्छ “मनको पिर आसुले बगाएर लान्छ” । नभन्दै रुदाखेरी आँशुसँगै मतिष्कबाट इन्र्डोफिन नामक हर्माेन निस्किन्छ । जसले मन हल्का, शान्त र सफा हुने, तनाव कम हुने, रिस कम हुने, मुड राम्रो हुने, आन्नन्दको महसुस हुने, सोच सकारात्मक हुने, टाउको तथा शरिरको दुखाई कम हुने हुन्छ । तनाव, दुख, पिडा हुँदा शरिरमा उत्पन्न भएको विकार तत्वहरु आँशु मार्फत बाहिर निस्कन्छ । रुदा मस्तिष्कको लिम्बिक सिस्टमको कार्यमा कमी आउछ । जसले गर्दा पनि आरामको महसुस हुन्छ । रुनुलाई नेचुरल पेनकिलरको रुपमा लिन सकिन्छ । रुनुलाई एउटा थेरापीको रुपमा पनि लिन सकिन्छ ।

महिलाको मन कमलो हुन्छ त्यसैले धेरै रुने गर्छन भन्ने गरिन्छ । अध्ययनबाट पनि महिलाहरु पुरुष भन्दा चार गुणा बढी रुने गरेको देखिएको छ । यसो हुनुको पछाडि महिलामा प्रोलैक्टीन नामक हर्माेन हुन्छ जसले रुन प्ररित गर्ने गर्दछ ।

ठुलो मानसिक चोट पर्दा पनि व्यक्ति रुन सकने भने पछि उसमा मानसिक रोग देखा पर्ने सम्भावना हुन्छ । रोएपछि अरुको मदत पाउने, अरुले ध्यान आफुतिर तान्ने मौका पनि मिल्छ । रुवाई दुख, पिडा व्यक्त गर्ने अर्मुत भाषा पनि हो । यो सबैले बुझ्न सक्छन् । जो व्यक्ति रुन लजाउदैन, ऊ मानसिक रुपमा स्वास्थ्ा हुन्छ । सजिलैसँग रुने व्यक्तिहरु आˆनो भावना अरुसँग पोख्न डराउदैनन् ।

तर सानो सानो कुरामा पनि तनाव लिनु, चित्त दुखाउनु, इमोशनल हुनु, बढी रुनु चाही राम्रो होइन । यसले दिमागमा नकारात्मक असर सक्छ । धेरै रुने व्यक्ति खुसी हुन सक्दैन । साथै गलत बानीको विकास पनि हुन्छ । आˆनो कुरा वा स्वार्थ पुरा गर्न रुवाईलाई नै अस्त्रको रुपमा प्रयोग गर्ने केटाकेटी, महिला आदिलाई भने यस्तो व्यवहार गर्नबाट निरुत्साहित गर्नुपर्छ

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.