अभिनेत्री मनिषा कोइरालासँगै बाबुराम र सुशीला एउटै लाइनमा

काठमाडौं । २२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन काठमाडौंमा प्रदर्शन भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा उक्त प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, चर्चित अभिनेत्री मनिषा कोइरालासहित मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत सयौँ मानिसहरु सहभागी थिए ।

माइतीघर हुँदै नयाँबानेश्वरतर्फ गएको सो प्रदर्शनमा सहभागीहरुले सरकारको विपक्षमा र डा. केसीको समर्थनमा नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘सत्याग्रही डा. गोविन्द केसीको माग पुरा गर’, हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’, डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग दोहोरो झडप पनि भएको थियो । सोही क्रममा केही घाइते भएका छन् । आजै कांग्रेस र उसका भातृसंगठनले गरेको प्रदर्शनमा पनि दर्जनौँ घाइते भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!