आफ्नो समाचारकर्मी कुम्भराजलाई नेजा पत्रकारिता पुरस्कार

सोलुखुम्बु, साउन ६ गते । ओखलढुङ्गा घर भई पत्रकारिताको हिसावले सोलुखुम्बु र ओखलढुङ्गालाई कर्मथलो बनाएर विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनु भएका आफ्नो समाचारकर्मी तथा कान्तिपुरका संवाददाता कुम्भराज राईलाई यसवर्षको ‘नेजा ग्रामीण पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ग्रामीण पत्रकारितामा क्रियाशील पत्रकारलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ । यस वर्षको नेजा पत्रकारिता परस्कारका लागि राई छनौट भएको पुरस्कार छनोट समिति संयोजक एवं नेजाका सल्लाहकार आङछिरिङ शेर्पाले घोषणा गर्नुभयो । पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ भने एक विशेष कार्यक्रमका विच वितरण गर्ने आयोजकले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.