दिनहुँ ससुरासँग अबैध सम्बन्ध राखेकी पुजाले अन्तत आफ्नै पती मुकेशको हत्या गरिन्

भारतको राजस्थानमा घटेको एउटा घटनाले सबै दुनियाँलाई अचम्मित पारेको छ । राजस्थानमा एक महिलाले ससुरासँग अवैध सम्बन्ध राखी आफ्नै पतीको हत्या गरेको विषय निकै चर्चाको विषय बनेको हो ।

प्रहरीका अनुसार रियलस्टेटको व्यापार गर्ने मुकेश सैनीकी श्रमतीले नै उनको हत्या गरेकी हुन् । सैनीको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी पूजा सैनीलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले मुकेशका काका राकेश सैनी र उनका नाबालिग छोरालाई पनि पक्राउ गरेको थियो ।

पुजाको मुकेशसँग ३ वर्ष पहिले बिहे भएको थियो । बिहेको डेढ वर्षपछि उनीहरुबाट एक छोरी जन्मेकी छिन् । मुकेशले रियलस्टेटको कारोबार गर्थे यही क्रममा पूजा आफ्ना काका ससुराप्रति आकर्षित हुन थालेको प्रहरीले जानकारी दिएको छ ।

राकेशले प्रहरीलाई बताएअनुसार पूजाले नै मुकेशलाई मार्ने योजना बनाएकी थिइन् । राकेशले उनको साथ मात्र दिएका थिए । एक महिनाभित्रै काका ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध भयो । यहाँसम्म कि ससुरा बुहारीले घर छाडेर भाग्ने योजना बनाए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.