स्थानीय तहलाई दरबन्दी पठाउन १५ दिनको म्याद

काठमाडौं। सरकारले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा हेरफेर गर्न स्थानीय तहलाई १५ दिनको समय दिएको छ। स्थानीय तहका लागि संघीय सरकारले यसअघि पारित गरेको संगठन संरचना एवं दरबन्दी थपघट गर्न पर्ने भए १५ दिनको मौका दिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र लेख्दै स्थानीय तहको कार्य प्रकृति, सेवाप्रवाह एवं विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति, सेवा पु-याउनुपर्ने जनसंख्यासमेतका आधारमा दरबन्दी हेरफेर गर्नपर्ने भए १५ दिनभित्र जानकारी गराउन भनेको छ। त्यसरी दरवन्दी हेरफेर गर्नका लागि स्थानीय तहले आफ्नो कार्यपालिकाबाट स्वीकृत गरी मन्त्रालयमा पठाउनुपर्नेछ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार दरवन्दी हेरफेर गर्नुपर्ने भए कुन कुन श्रेणी पदमा दरबन्दी थप गर्नुपर्ने हो खुलाउनुपर्नेछ। विगतको स्थानीय निकायमा कार्यरत कर्मचारी भए उनीहरूलाई के कसरी समायोजन गर्न सकिन्छ भन्नेसमेत खुलाउनुपर्नेछ। यसअघि विकल्पको रुपमा पद राख्दै आइएकामा अब विकल्पका रूपमा पद राख्न नहुने भएकाले सेवा समूहको एकिन गरी पठाउनसमेत मन्त्रालयले आग्रह गरेको छ। त्यसैगरी अन्तरिम संगठन संरचनाभन्दा बढी दरबन्दी प्रस्ताव गर्नुपर्ने भए कुन श्रेणी/पद/समूह सेवा थप गर्नुपर्ने हो खुलाई पुष्ट्याई गरी पठाउन र प्रस्तावित पदको कार्यविवरण र संगठन चार्ट तयार गरी पठाउन मन्त्रालयले आग्रह गरेको छ। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!