असारे विकासमा रोक लगाउँदै सरकार, विकास निर्माणका कुनै काम गर्न नपाउने

काठमाडौं। सरकारले आर्थिक बर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवित्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ ।

कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणका काम गर्न नपाइने निर्णय गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

कारोबारको पहिलो पृष्ठमा छापिएको समचार अनुसार, सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवित्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!