खतरनाक होटल-विबाहित जोडी प्रवेश गरेको ४८ घण्टामै हुन्छ डिर्भोस

एजेन्सी । ४८ घण्टाभित्र डिभोर्स पक्का हुने एउटा अनौठो होटल यतिबेला चर्चामा रहेको छ । जुन होटल नेदरल्याण्डमा अवस्थित छ । जहाँ वैवाहिक जीवन सुखद नभएका पति वा पत्नीसँग छुटकारा पाउन यहाँ जाने गर्छन् । हार्टब्रेक नामक यो होटेलमा पाहुना बनेर विवाहित दम्पत्तिहरु जाने गरेको अन्तराष्ट्रिय समाचार स्रोतहरुदले उल्लेख गरेका छन् ।

दम्पत्तिहरुलाई सम्बन्ध विच्छेदका लागि प्रोत्साहन गर्ने वातावरण सहित उनीहरुलई तत्कालै सम्बन्ध विच्छेदका लागी अनुकुल वातावरण बनाइने गरेको समाचार स्रोतमा उल्लेख छ । स्रोतका अनुसार होटलबाट चेकआउट गर्दा भने एकल महिला तथा एकल पुरुष भएर निस्कदै आएने वातावरण गराइन्छ । केवल विवाहित दम्पत्तिले मात्र प्रवेश पाउने यो अनौठो होटलमा डिभोर्स गर्ने मनसायमा रहेका जोडीहरु सजिलोका लागि उक्त होटलमा पाहुना बनेर जाने गरेको बताइन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!