लक्ष्मी बैङ्कको शाखा थुलुङ दुधकोशी गाउँपालिकामा

सोलुखुम्बु, साउन १० गते । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा लक्ष्मी बैङ्कको शाखा विस्तार भएको छ । गाउँपालिकामा मङ्गलबारबाट लक्ष्मी विकास बैङ्कले सेवा शुरु गरेपछि धेरै समय र श्रम खर्च गरेर सानो रकमका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बैङ्क चाँडो स्थापना गर्नका लागि धेरै मेहेनेत गर्नु परेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
सोलुखुम्बु जस्तो दुर्गम जिल्लाको दुर्गम गाउँमा सेवा विस्तार गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेस खालिङले जानकारी दिनुभयो । सबै गाउँपालिकामा विभिन्न बैङ्कहरुले शाखा खोल्नुपर्ने भएपनि सबै भन्दा पहिलो सेवा सुरु गर्नका लागि गाउँपालिका अध्यक्षले धेरै पहल तथा सहयोग गरेकाले सम्भव भएको उहाँले बताउनुभयो । बैङ्कले निक्षेप, कर्जालगायत राजधानीमा दिने सबै सेवा दिने र इन्टरनेट सेवा प्रभावकारी नभएकाले मोबाइल बैङ्किङ र इन्टरनेटका माध्यामबाट दिने सेवाका लागि केही समय लाग्ने उहाँको भनाइ छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.