बन्यजन्तुले गरेको क्षतिवापत कृषकले २४ लाख पाए

सोलुखुम्बु, साउन ११ गते । सगरमाथा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमामा वन्यजन्तुबाट घरपालुवा जनावरमा पुराएको क्षतिवापत ६२ जनालाई २४ लाख ४५ हजार रुपैयाँ राहत स्वरुप वितरण गरेको छ ।
हिउँचितुवा, ब्वाँसो र चितुवाबाट मारिएका ८२ वटा घरपालुवा जनावरवापतको राहत रकम वितरण गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो । क्षति गर्ने वन्यजन्तुमा सबैभन्दा बढी ब्वाँसोले ६१ वटा घरपालुवा जनावर मारेको थियो ।
वन्यजन्तुबाट भएको क्षतिवापत राहत प्राप्त गर्दा स्थानीय खुसी भएका छन् । वन तथा वन्यजन्तु संरक्षणप्रति सकारात्मक भएका छन् भने वन्यजन्तुको आक्रमणबाट निकुञ्ज आसपासका ६५ चौंरी, ७ गाई, ७ गोरु र ३ वटा घोडा मारिएका थिए । वन्यजन्तुबाट बढी प्रभावित भएका क्षेत्रका ७ जना छात्रछात्रालाई १२ लाख रुपैयाँ छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.