सगरमाथा क्षेत्र आउने पर्यटक अहिलेसम्म कै उच्च

सोलुखुम्बु, साउन ११/आफ्नो समाचारसगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ । तीन वर्षको तथ्याङ्क अनुसार उल्लेख्य बृद्धि भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ५४ हजार ४०५ जना पर्यटकले सथरमाथा क्षेत्रमा भ्रमण गरेका छन् यो संख्या अहिलेसम्म कै उच्च हो
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ९ हजार २९३ पर्यटकको बृद्धि भएकोे सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो । सुचना अधिकारी खड्काका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा ४५ हजार ११२ जना पर्यटकको मात्र आगमन भएको थियो
त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा २६ हजार ८१७ जनाले मात्र सगरमाथा क्षेत्रको भ्रमण गरेकोमा आर्थिक वर्ष ०७३/०७४ मा १८ हजार २९५ जनाले बृद्धि हुदै आर्थिक वर्ष ०७३/०७४ मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ४५ हजार ११२ पुगेको थियो । आर्थिक वर्ष ०७४/०७५ मा ९ हजार २९३ ले बृद्धि हुदै ५४ हजार चार सय ५ जना पर्यटको आगमन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ
सगरमाथा क्षेत्रका प्रकृतिक सुन्दरतासँग रम्ने पर्यटकको संख्यामा वर्षेणी बढ्दै गईरहेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । सगरमाथा क्षेत्रमा हिमालको अवलोकण, साहसिक खेल, हिमालको आरोहण तथा विभिन्न बन्यजन्तुको अवलोकनमा पर्यटकहरु आउने गरेका छन् । साथै विभिन्न चलचित्रको छायाङ्कन, अनुसन्धान लागयतका विषय लिएर समेत सगरमाथा क्षेत्र आउने गरेको कार्यालयले जनाएको छ ।
सगरमाथा क्षेत्रमा प्रत्येक वर्ष पर्यटकको संख्यामा सुधार आउन थालेपछि खुम्बु क्षेत्रका व्यवशायीहरु खुशी भएका छन् ।

सगरमाथा क्षेत्र हिमाली जिल्ला भएकोले नियमित पर्यटक आउन नसकेकोले नियमित रुपमा पर्यटको आगमन गराउन सकेमा थप पर्यटक आउन सक्ने नाम्चे होटल व्यवशायी संघका अध्यक्ष तथा पर्यटन व्यवशायी ङाताङ शेर्पाले बताउनु भयो उहाका अनुसार पर्यटकको आगमनलाई निरन्तरता दिनको लागि हवाई यातायातमा मात्र निर्भर हुनुपरेको सगरमाथा क्षेत्रको पर्यटकिय मार्गलाई सडक थप गर्नुका साथै व्यवस्थित गर्नुपर्छ यस वर्षको पर्यटकिय सिजन पनि गत जेठबाट सकिएकोले सगरमाथा क्षेत्रका अधिकाँश होटलहरु बन्द भईसकेका छन् भने गाउँको चौकीदार जस्तो एकदुई वटा मात्र होटलहरु खुलेको नाम्चेका व्यवशायी लामाकाजी शेर्पाले बताउनु भयो । असोज लागेपछि मात्र सबै होटलहरु खुल्ने तथा व्यवशाय चल्ने उहाले बताउनु भयो

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.