गोदाममै थन्कियो खाद्य संस्थानको चामल

ओखलढुंगाः नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको चामलको बिक्री हुन छाडेको छ । व्यापारीहरूले गाउँगाउँमै चामल पु¥याउन थालेपछि सदरमुकाम ग्राहकहरु सुलभ मूल्यको सरकार िचामल खरिद गर्न सदरमुकाम आउन छाडेका छन् ।
बिक्री हुने क्रम क्रमशः घट्दै गएपनि यसवर्ष खाद्य संस्थानले ओखलढुंगामा चामलको मूल्य ४ हजार २ सय रूपैयाँ प्रति क्विन्टल पु¥याएको छ । अघिल्लो वर्षको तुलनामा यो मूल्य प्रति क्विन्टल १ हजार ७० रूपैयाँ बढी हो । तराईबाट खरिद गरेर आयात गरिने चामल यसवर्ष कुटानी महँगो पर्न गएकाले मूल्य बढाइएको नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रदीपकुमार कापडीले बताए ।
पछिल्लो पटक सरकारी चामलमा पनि मूल्य बृद्धि भएको, बजारमा उधारो कारोबार हुने र गाउँमै भमक पाउन थालेपछि संस्थानको चामला उपभोक्ताको आकर्षण घटेको हो । तीन चर वर्ष पहिलेसम्म संस्थानमा चामल लिनेको लाइन लाग्ने गथ्र्यो ।
यसवर्ष ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा खाद्य संस्थानले साढे ५ सय क्विन्टल चामल बिक्री गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय क्विन्टल चामल बिक्री भएको थियो । ओखलढुंगामा बिक्री हुने खाद्य संस्थानको चामलमध्ये करिब १ सय ४४ क्विन्टल चामल बर्सेनि जिल्ला कारागार कार्यालयमा खर्च हुन्छ ।
सडक सञ्जालको विस्तारसँगै स्थानीय व्यापारीहरूले उधारोमै गाउँगाउँमा चामल पु¥याउन थालेपछि संस्थानको चामल बिक्री हुन छाडेको संस्थानका शाखा प्रमुख कापडीको भनाइ छ । केही वर्ष अघिसम्म ओखलढुंगामा १९ सय क्विन्टलसम्म चामल बिक्री भएको संस्थानसँग रेकर्ड छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.