सरकारको पक्षमा खुलेर बोल्न सांसदलाई निर्देशन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा खुलेर संसद्मा कुरा राख्न आग्रह गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा संसद्मा खुलेर प्रष्ट रूपमा कुरा राखेपछि जनतामा राम्रो सन्देश जाने भन्नुहुँदै प्रधानमन्त्री ओलीले यसका लागि संसदीय अभ्यासमा अभ्यस्त भइसकेका नेताले अगुवाइ गर्नुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ ।

संसद्का पुराना नेताहरूले नयाँलाई डो¥याएर अगाडि बढाउने काम गर्नुपर्ने धारणा राख्नुहुुँदै उहाँले सरकारको कामको बारेमा आफ्नो कुरा जवर्जस्त रूपमा राख्न विशेष रूपमा आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल काँग्रेसले विभिन्न बहानामा संसद् अवरुद्ध गरिरहेको र त्यसलाई रोक्न पनि भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य एवम् सांसद रामेश्वर राय यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले संसद्मा एक दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनु हुँदैन, यसका लागि पार्टीका संसदहरूले भूमिका खेल्नुपर्ने भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले सरकारलाई अवरोध गर्ने काँग्रेसको झिना मसिना लफडा सकिएको हुँदा अब आफ्ना काम कारवाहीप्रति सचेत भएर संसदमा प्रस्तुत हुनुपर्ने धारणा बैठकमा राख्नुभएको थियो । डा.गोविन्द केसीको मुद्दा उठाएर काँग्रेसले असफल देखाउने प्रयास गरेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले फेरि पनि काँग्रेसले प्रयत्न गर्ने भएकाले सचेत रहन संसदहरूलाई सुझाव दिनुभयो । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!