नेकपाका २२ वटा संगठन साउनभित्रै एकीकरण हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए ।

समाचारको अनुसार २२ वटै भ्रातृसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमा गठित कार्यदलले अहिले गृहकार्य तीव्र पारेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.