सुन तस्करी प्रकरणमा भेटिएनन् ‘ठूला माछा’

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ‘ठूला माछा’ नभेटिएको विषयलाई मुख्य समाचार बनाएर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

गृहमन्त्री रामबहादुर थापाले जेठ २३ मा सुन तस्करीमा तीन तहका गिरोह भएको दावी गरेका थिए । तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सोको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’ बिनै प्रतिवेदन बुझाउँदै छ ।

साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले यसैसाता गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै छ । तर अनुसन्धान पूरा नहुँदै प्रतिवेदन बुझाउन लागिएको समाचारमा उल्लेख छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!