पाकिस्तानी प्रधानमन्त्री खानको सपथग्रहणमा ओली र मोदी पाहुना !

काठमाडौं । पाकिस्तानी नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको सपथग्रहण यही अगस्ट ११ मा हुने भएको छ । उक्त सपथग्रहणमा समारोहमा इमरानले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्ने सम्भावना रहेको छ ।

इमरानको पार्टी पाकिस्तान–तहरिक–ए–इन्साफ(पीटीआई) ले भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका अन्य नेतालाई समेत बोलाउने विचार गरिरहेको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई आमन्त्रण गरेका थिए । नेपालका तर्फबाट पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

इमरानले आफ्नो सपथग्रहणमा भारतीय प्रधानमन्त्री मोदीसहित सार्क देशका सरकार प्रमुखलाई बोलाएर नयाँ कुटनीतिक अध्यायको सुरुवात गर्ने सम्भावना रहेको बताइएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.