चन्द्र शर्मा र आयुसा राइको लोकप्रिय तीज गीत बजारमा

गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान । जो संग असाधारण केही त्यस्ता गुण हुन्छन त्यो राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन स्थापित कलाकार हुन लगातारको त्याग तपस्या हुन जरुरी छ । नेपाली साङ्गीतिक आकाशमा असंख्य ताराहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । गीत संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल गायक चन्द्र शर्मा र गायिका आयुसा राइले पश्चिमेली टिपिकल भाखा “माया हो पुच्छर डोलाउदै” तीज गीत लिएर बजारमा आएका छन ।

लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष तथा गायक चन्द्र शर्मा र गायिका आयुषा राइको स्वरमा सजिएको यो कर्ण प्रिय गीतमा शब्द लोकदोहोरी गायक सुवास केसी र लय/ संगित संगितकार झलक संगीतमको छ उक्त गीतमा गायक तथा मोडल रामजि खाण र आयुसा राइले अभिनय गरेका छन । गाँउघरमा चलनचल्तीमा रहेका पुराना शब्द र लयमा सजिएको गीतले पश्चिम नेपालको नारीहरुको आवाज बोकेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.