राज्यमन्त्रीलाई पक्रन अदातलको आदेश

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको अरोपमा प्रदेश नम्वर २ का राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न उच्च अदालत धनुषाले प्रहरीलाई आदेश दिएको छ । अभिराम शर्मा प्रदेश नम्वर २ का सामाजिक विकास राज्यमन्त्री हुन् । सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत थमन विकको मधेश आन्दोलनको क्रममा हत्या भएको थियो ।

उनलाई घाइते अवस्थामा आन्दोलनकारीहरुले कुटपिट गरी गम्भीर घाईते बनाएका थिए भने अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर उनको हत्या गरिएको थियो । घटनामा संलग्न रहेका अभियुक्तमध्ये अधिकांश राजनीतिक दलमा आबद्ध व्यक्तिहरु रहेको अधिकारकर्मीहरुले बताएका छन् । दोषीलाई कडा कारवाही गर्न मृतक सशस्त्र प्रहरीका असई थमन विकका आफन्तले सरकारसँग माग गरेका छन् ।

उच्च अदालत जनकपुरमा हत्या गरिएका असई विककी श्रीमती शोभा गहतराजले निवेदन दिएकी थिइन् । निवेदकको निवेदनमाथी सुनुवाई गर्दै राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र डा. रविशर्मा अर्यालको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखको नाममा परमादेश जारी गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.