सगरमाथा आरोही सम्मानित

गुदेल शेर्पा किदुक समाजले सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पालाई सम्मान गरिएको छ । महाकुलुङ -४ तिउ निबासी शेर्पाले गत मे १७ मा किदुकको झण्डा बिश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक फरफराउन सफल भएको भन्दै किदुकले आफ्नो सातौं बार्षिक साधारणसभामा सम्मान गरेको हो ।

रामहिटी बौद्ध स्थित किदुकको कार्यलयमा सप्पन्न किदुकको साधारणसभामा शेर्पाले सगरमाथामाको चुचुरोमा किदुक झण्डा सहितको तस्बिर संस्थालाई हस्तान्तरण गरिएको थियो । ७ पटक सगरमाथाको शिखरमा पाईला टेकि सकेको शेर्पालाई गुदेल शेर्पा किदुक समाजको अध्यक्ष लाक्पा तेन्जि शेर्पाले सम्मान पत्र हस्तान्तरण गर्दै यो एतिहासिक योगदानलाई संस्थाले कहिलै नबिर्सिने बताए ।

गुदेल शेर्पा किदुक समाजले गुदेलको शिक्षा,स्वास्थ्य, पर्यटन र पुन: निमाणमा क्षेत्रमा योगदान पुर्याउदै आएको छ । किदुकको अध्यक्ष लाक्पा तेन्जि शेर्पाको सभापतित्वमा सम्पन्न किदुकको बार्षिक साधारणसभामा कोषाध्यक्ष तेम्बा शेर्पाले आर्थिक बर्ष २०७४/७५ को आर्थिक प्रतिबेदन र सचिब नुरु शेर्पाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन र आगामी योजना तथा कार्यक्रमहरु सभामा प्रस्तुत गरिएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.