उदयपुरमा सर्पदंशबाट ६ जनाको मृत्यु

उदयपुर । उदयपुरमा सर्पदंशबाट दुई महिनामा ६ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम गाईघाटको भुल्केमा सेनाले सञ्चालन गरेकोसहित चारवटा सर्पदंश उपचार केन्द्र छन् । तर, सर्पदंश उपचार केन्द्रमा औषधि र उपकरण अभावका कारण सर्पदंशका मानिसको मृत्यु भएको हो ।सेनाको उपचार केन्द्रमा औषधि पर्याप्त भए पनि अन्य केन्द्रमा अभाव छ ।

जेठयता ताराघारी केन्द्रमा सर्पले टोकेको आशंकामा ६५ जना उपचारका लागि आइसकेका छन् । बेल्सोत केन्द्रमा ७६, बेलका नगरपालिकाको उपचार केन्द्रमा ७८ र भुल्केमा ८० जनाले उपचार गराएको ती केन्द्रको तथ्यांक छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.