आगामी २८ गते बस्ने गरी राष्ट्रियसभाको बैठक सम्पन्न

कानुनमन्त्री भानुभत्त ढकालले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक छलपलको लागि प्रस्ताव गरेसँगै आज बसेको राष्ट्रियसभाको बैठक सम्पन्न भएको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभत्त ढकालले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ लाई छलफलका लागि बिधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए । उनले गरेको यो प्रस्तावसँगै राष्ट्रियसभाको बैठक सम्पन्न भएको हो ।

आजको बैठकमा राष्ट्रपती बिद्यादेवी भण्डारीले पठाएको पत्र समेत पढेर सुनाइएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपती कार्यालबाट प्राप्त भएका पत्र पढेर सुनाएका थिए । बैठक आज बिहान ११ बजेबाट सुरु भएको थियो । अब आगामी बैठक साउन २८ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.